• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

पाकिस्तानमा हिंसा भडकिंदा ४ दिनमा ४६ को मृत्यु, ११ सय गिरफ्तार


  • धनकुटा खबर
  • .

इस्लामबाद, ३१ जेठ । पाकिस्तान अधिनस्थ कश्मीर (पीओके) मा विगत चार दिनदेखि भइरहेको विरोध प्रदर्शनमा हालसम्म ४६ प्रदर्शनकारीको मृत्यु भइसकेको छ। 

 

अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार बितेका ४ दिनमा १ हजार १०० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरिएको छ।

वास्तवमा, पीओकेमा व्यवस्थापिका सभामा १२ आरक्षित सिटहरूलाई लिएर विवाद चलिरहेको छ। यी सिटहरू जम्मू कश्मीरबाट पाकिस्तानका अन्य भागमा बसाइँ सरेका शरणार्थीहरूका लागि आरक्षित राखिएका छन्।

 

गत जुन ७ मा सर्वोच्च अदालतले आरक्षण समाप्त गर्ने मागहरूलाई अस्वीकार गर्दै भन्यो कि संवैधानिक संशोधन सरकारबाट खोस्ने छुट छैन्, यो मिल्दैन् । यस निर्णय पछि संयुक्त अवामी कार्य समिति (जेएएसी)ले यी सिटहरू खारेज गर्न आन्दोलन गरिरहेको छ।

 

हिंसा भडकिए पछि मुजफ्फराबाद र मिरपुरमा बजार, स्कूल, कलेज र कार्यालयहरू बन्द रहेका छन्। इन्टरनेट बन्द पनि भइरहेको छ, जसले गर्दा उपत्यका बाहिरी संसारबाट काटिएको छ।

 

यसले प्रदर्शनकारीहरूको उत्साह घटाएको छैन, उनीहरूको क्रोध बढेको मात्र छ। जेएएसी सदस्यहरूले धर्नाको तयारी तीव्र पारिरहेका छन्। पाकिस्तानी सेना र सरकारले पुंछ, मिरपुर र मुजफ्फराबादमा थप अर्धसैनिक बल तैनाथ गर्ने आदेश दिएका छन्। यसमा रेन्जर्स र फ्रन्टियर कन्स्टेबुलरीका कर्मचारीहरू समावेश छन्।

 

प्रशासनले जेएएसी नेताहरू शौकत नवाज मीर, ख्वाजा मेहरान र विरोध प्रदर्शनलाई समर्थन गर्ने अन्य विरुद्ध देशद्रोहको मुद्दा दायर गरेको छ। सरकारले अर्धसैनिक बलको डर प्रयोग गरेर आन्दोलनलाई दबाउन खोजिरहेको छ।

 

सरकारले आतंकवाद विरोधी कानून अन्तर्गत जुन ५ मा जेएएसीलाई प्रतिबन्ध लगाएको थियो र त्यसबेला देखि नै यस क्षेत्रमा तनाव बढ्दै गएको छ।

 

रावलकोटमा जेएएसी नेता उमर नाजिर काश्मिरीले सरकार र सेनाको आलोचना गर्दै भाषण दिएका थिए। उनी विगत एक हप्तादेखि लुकेर बसेका थिए। उनले उपत्यकाबाट सुरक्षा बल फिर्ता बोलाउन माग गरेका छन् । पीओकेमा इन्टरनेट बन्द भए पनि भाषण प्रत्यक्ष प्रसारण गरिएको थियो। प्रत्यक्ष प्रसारणको लागि स्टारलिङ्क प्रयोग गरिएको आशंका गरिएको छ।

 

पीओकेमा आम जनताको कठिनाइ बढेको छ। औषधि र खाद्यान्नको आपूर्ति पनि अभाव हुँदै गइरहेको छ। बजार बन्द हुँदा जनजीवन अस्तव्यस्त भएको छ। उता, पीओके संकटलाई लिएर लन्डन र न्यूयोर्कमा पनि पाकिस्तान विरुद्ध विरोध प्रदर्शन भएको छ।
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖