• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

चीनले मरूभुमीलाई हरियाली बनाएर कमाउँछ बार्षिक ४.२५ बिलियन (फाेटाेफिचर)


  • धनकुटा खबर
  • .

बेइजिङ, २ असार । जुन मरूभुमीलाई  ‘मृत्युको सागर’ भनिन्थ्यो, अहिले चीनले त्यसलाई हरियो बनाउँदै लगेको छ।

मानवता बचाउँन र फस्टाउनको लागि मरुभूमिकरण नियन्त्रण अत्यावश्यक रहेको भन्दै मरूभुमीलाई चीनले हरियाली बनाईरहेको हो । 

चीनको उत्तरपश्चिममा अवस्थित सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा अवस्थित ३ लाख ३७ हजार ६०० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको ताक्लिमाकान मरुभूमि यतिखेर क्रमशः हरियो परियो बन्दै गएको छ । यो चीनको सबैभन्दा ठूलो तथा विश्वको दोस्रो ठूलो मरुभूमि हो, जसको आकार लगभग फिनल्याण्ड देश जत्रै रहेको छ । 

अब यसको किनारमा एउटा फरक कथा देखिदैँ गएको छ । मानिसहरूले मरूभुमीमा हरिया रूखहरू रोप्ने मात्र कार्य गरिरहेका छैनन, तिनीहरूले हरियो अर्थतन्त्र निर्माण पनि गरिरहेका छन्।

सुख्खा मरूभुमीमा यतिखेर औषधिजन्य जडीबुटीदेखि फलफूलका बगैंचासम्म रहेका छन, जुन हरित बेल्टहरूले यतिखेर बालुवालाई पुरिरहेका छन भने जमिनमा हरियाली बढाइरहेका छन् । 

 

साथै, त्यहाँको हरियालीले स्थानिय समुदायलाई आर्थिक रूपमा सबल बनाई उनीहरूको जीवनस्तर पनि माथि उठाइ रहेका छन्। जसको परिणाम अचम्मलाग्दो छ किनभने हिजोको मरूभुमीलाई आज हरियाली बनाए पछि सो क्षेत्रवाट वार्षिक ४.२५ बिलियन भन्दा बढी आम्दानी पनि चिनिया नागरिकले गरिरहेका  छन् । 

default

default

default

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖