एजेन्सी । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित एड्वर्ड्स एअर फोर्स बेसबाट उडान गरेलगत्तै अमेरिकी वायुसेनाको बी-५२ बमवर्षक विमान दुर्घटनामा पर्दा त्यसमा सवार आठ जनाको मृत्यु भएको छ। तीमध्ये दुई जना बोइङ कम्पनीका कर्मचारी भएको बताइएको छ।
नियमित परीक्षण उडानमा रहेका बेला स्थानीय समयानुसार सोमवार बिहान ११:२० बजे विमान दुर्घटना भएको हो।
दुर्घटनापछि आकाशमा कालो धुवाँको ठूलो मुस्लो उठेको धेरै टाढाबाट पनि देखिएको थियो।
“आज एड्वर्ड्स एअर फोर्स बेसले एउटा भयानक त्रासदी भोगेको छ र हामीले आठ जना महान् अमेरिकीलाई गुमाएका छौँ,” कर्नेल जेम्स हेजले भने।
यसअघि एअर फोर्स बेस प्रशासनले प्रारम्भिक सङ्केतहरूका आधारमा उक्त दुर्घटनामा परेकाहरू “जीवित रहने सम्भावना नभएको” जनाएको थियो।
