• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प


  • धनकुटा खबर
  • .

इन्डोनेसिया। मध्य इन्डोनेसियामा मंगलबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजीएस) का अनुसार यो भूकम्प मध्य सुलावेसी प्रान्तको पालु सहरभन्दा दक्षिणपूर्वमा बिहान १०:२७ बजे गएको हो।

भूकम्पको झड्का निकै शक्तिशाली भए तापनि हालसम्म यसबाट कुनै पनि मानवीय हताहत वा भौतिक क्षतिको विवरण भने प्राप्त नभएको सुरक्षा निकायहरूले जनाएका छन्।

इन्डोनेशियाको मौसम विज्ञान, जलवायु विज्ञान र जियोफिजिक्स एजेन्सीले भूकम्पको ठुलो झड्का पालू र सिगी क्षेत्रमा प्रस्ट रूपमा महसुस गरिएको जानकारी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖