• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

इरानद्दारा बहराइन र कुबेतको अमेरिकी ठेगानामा आक्रमण


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ असार । अमेरिकाले पाँच इरानी लक्ष्यहरूमा आक्रमण गरेपछि इरानले पनि बहराइन र कुवेतमा आक्रमण सुरु गरेको छ ।

 

इरान र अमेरिका बिचमा पुनः युद्द सुरू भए पछि मध्यपुर्वमा फेरी तनाव बढेको छ । यस महिनाको सुरुमा दुवै पक्षले सहमति गरेको कमजोर युद्धविरामलाई थप खतरामा पारेको छ।

 

इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले आइतबार आक्रमणको पुष्टि गर्दै कुवेतमा रहेको अमेरिकी अली अल सलेम एयरबेस र बहराइनको पोर्ट सलमानमा रहेको अमेरिकी पाँचौं नौसेना फ्लीटमा ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार गरेको जनाएको छ ।

बहराइनले इरानको आक्रमणको निन्दा गर्दै भन्यो कि उनीहरूले आफ्नो सार्वभौमिकता उल्लङ्घन गरेका छन् र यस क्षेत्रमा तनाव कम गर्ने र स्थिरताका लागि अवसरहरू लाई कमजोर बनाएका छन् भने कुवेतले बारम्बार भइरहेका जघन्य इरानी आक्रमणलाई आफ्नो सार्वभौमिकताको स्पष्ट उल्लङ्घनको रूपमा वर्णन गरेको छ।

 

अमेरिकी सेनाले शनिबार इरानको सिरिक, बन्दर–ए लेन्गेह र केश्म टापुमा प्रहार गरेको थियो । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले भन्यो कि यसको नौसेना र वायु सेनाले शनिवार राती होर्मुज जलडमरू र नजिकै धेरै स्थानहरूमा १० इरानी सैन्य निशानाहरूमा आक्रमण गरिएको हो । अमेरिकी आक्रमण किकु तेल ट्याङ्करमा इरानी ड्रोन आक्रमणको प्रतिक्रिया भएको अमेरिकाको दावी छ ।

 

शनिबार बिहानै स्ट्रेट नजिकै ट्रान्जिट गर्दा पनामा झण्डा भएको जहाजमा २० लाख ब्यारेलभन्दा बढी कच्चा तेल बोकेको अवस्थामा इरानी आक्रमण भएको बताइएको छ। बेलायतको युकेएमटीओ समुद्री सुरक्षा एजेन्सीले शनिबार ठक्कर दिएको ट्याङ्करमा क्षति पुगेको तर सबै चालक दल सुरक्षित रहेको जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖