• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

चुलियो कच्चा तेलको भाउ


  • धनकुटा खबर
  • .

न्यूयोर्क । विश्व बजारमा बुधबार कच्चा तेलको भाउ बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्न गरिएको समझदारीपत्र (एमओयू) अब समाप्त भएको घोषणा गरेलगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ५ प्रतिशतभन्दा बढीले बढेको हो ।

यससँगै पश्चिम एशियाबाट हुने तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ता पुनः बढेको छ ।

उक्त दिनको कारोबारमा लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ ३ डलर ८२ सेन्टले बढेर प्रतिब्यारेल ७७ डलर ९८ सेन्टमा पुगेका छ । अघिल्लो दिन कोमेक्समा कारोबार बन्द हुँदाखेरिको तुलनामा यो ५ दशमलव १५ प्रतिशत धेरै हो । उता, न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई)को भाउ पनि ३ डलर ७० सेन्टले बढेर ७४ डलर १४ सेन्टमा उक्लिएको छ । यो अघिल्लो दिनको तुलनामा ५ दशमलव २५ प्रतिशत धेरै हो । बुधबारको वृद्धिसँगै दुवै सूचकांक जुन २३ यताकै उच्च स्तरमा पुगेका छन् ।

यसअघि मंगलबार पनि अमेरिकाले इरानी कच्चा तेल बिक्रीका लागि दिइएको सामान्य अनुमति (जनरल लाइसेन्स) रद्द गरेपछि तेलको मूल्य करिब ३ प्रतिशतले बढेको थियो । अंकारामा आयोजित नाटो शिखर सम्मेलनअघि ट्रम्पले अमेरिका र इजरायलले फेब्रुअरीमा इरानविरुद्ध सुरु गरेको युद्ध अन्त्य गर्न गरिएको अन्तरिम सम्झौता अब समाप्त भएको बताएका थिए । उनले तेहरानसँग थप वार्ता गर्न आफू इच्छुक नरहेको पनि स्पष्ट पारे ।

एसईबी बैंकका प्रमुख वस्तु विश्लेषक ब्यार्ने शिल्ड्रोपले पछिल्लो घटनाक्रमले ६० दिने वार्ता प्रक्रियाको भविष्य नै अन्योलमा परेको बताए । उनका अनुसार वर्तमान परिस्थितिमा प्रतिब्यारेल ८० अमेरिकी डलर नजिकको मूल्य नै बजारको अवस्थासँग बढी मेल खान्छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेनटकम)का अनुसार, स्टे«ट अफ होर्मुज हुँदै गइरहेका तीनवटा व्यावसायिक जहाजमाथि भएको आक्रमणको जवाफस्वरूप अमेरिकाल इरानमा नयाँ हवाई आक्रमण गरेको थियो । त्यसपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य लक्ष्यहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको दाबी गरेको छ ।

ऊर्जा बजार विश्लेषक टामास भार्गाका अनुसार, इरानले स्टे«ट अफ होर्मुजबाट सुरक्षित रूपमा आवतजावत गर्न आफ्नै मार्ग मात्र सुरक्षित भएको घोषणा गरेपछि कम्तीमा चारवटा तेल तथा ग्यास ट्यांकरले उक्त मार्ग प्रयोग नगर्ने वा बीचबाटै फर्किने निर्णय गरेका छन् । गत महिना अमेरिका र इरानबीच युद्धविराम सम्झौता भएपछि तेलको मूल्य युद्धअघिकै स्तरमा झरेको थियो । त्यसबेला बजारमा मध्यपूर्वबाट तेल आपूर्ति बढ्ने अपेक्षाका कारण व्यापारीहरूले मूल्य अझ घट्ने अनुमान गरेका थिए । तर पछिल्ला सैन्य घटनाक्रमले त्यो अपेक्षा उल्टिएको छ ।

यद्यपि इरानले जहाजमाथिको आक्रमणको जिम्मेवारी स्वीकार गरेको छैन । कतारले भने आफ्ना तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) बोकेको जहाजसहित केही व्यावसायिक जहाजमाथि भएको आक्रमणका लागि इरानलाई दोष दिएको छ । कतारी जहाजमा ड्रोन प्रहार हुँदा इन्जिन कक्षमा आगलागी भएको बताइएको छ । स्टे«ट अफ होर्मुज विश्वभर खपत हुने झन्डै २० प्रतिशत तेल र तरलीकृत प्राकृतिक ग्यास ओसारपसार हुने जलमार्ग हो । इरान युद्ध शुरु भएयता इरानले यो जलमार्गलाई निशाना बनाइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖