• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

अमेरिकाद्वारा इरानका करिब १४० सैन्य लक्ष्यमा आक्रमण


  • धनकुटा खबर
  • .

वाशिङटन डीसी — अमेरिकी सेनाले आइतबार बिहान इरानका करिब १४० सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाका अनुसार यो यस साताभित्र गरिएको तेस्रो चरणको सैन्य कारबाही हो।

अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)ले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको विज्ञप्तिमा आक्रमणमा इरानका मिसाइल तथा ड्रोन अड्डा, नौसैनिक क्षमता, गोलाबारुद भण्डारण केन्द्र, सञ्चार सञ्जाल र तटीय निगरानी स्थललाई निशाना बनाइएको उल्लेख गरेको छ।

सेन्टकमका अनुसार यस साताभर तीन रात सञ्चालन गरिएका सैन्य कारबाहीमा ३०० भन्दा बढी लक्ष्य ध्वस्त पारिएको दाबी गरिएको छ। अमेरिकी राष्ट्रपतिको निर्देशनमा इरानको व्यापारिक जहाज तथा नागरिक जलयात्रामाथि आक्रमण गर्ने क्षमता कमजोर पार्ने उद्देश्यले कारबाही गरिएको सेन्टकमले जनाएको छ।

यसअघि सेन्टकमले हर्मुज जलडमरूमध्य (Strait of Hormuz) हुँदै गुडिरहेको एक कन्टेनर जहाजसँग सम्बन्धित घटनापछि पछिल्लो आक्रमण गरिएको जनाएको थियो।

यता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले भने अनधिकृत मार्ग प्रयोग गरेर हर्मुज जलडमरूमध्य पार गर्न खोजेको जहाजलाई चेतावनीस्वरूप गोली प्रहार गरिएको दाबी गरेको छ।

दुवै पक्षले घटनाबारे फरक–फरक दाबी गरेका छन्। ती दाबीहरूको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖