• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

स्ट्रेट अफ होर्मुजमा कन्टेनर जहाजमाथि आक्रमण, एक भारतीय नागरिक बेपत्ता


  • धनकुटा खबर
  • .

तेहरान — स्ट्रेट अफ होर्मुज नजिकै व्यावसायिक कन्टेनर जहाजमाथि भएको आक्रमणपछि एक भारतीय नागरिक बेपत्ता भएका छन्। भारतको विदेश मन्त्रालयका अनुसार अन्य १० भारतीय नागरिकको सकुशल उद्धार गरिएको छ।

मन्त्रालयका अनुसार साइप्रसको झण्डा बोकेको जीएफएस ग्यालेक्सी नामक कन्टेनर जहाज ओमानको तट नजिक आक्रमणमा परेको थियो। उद्धार गरिएका १० भारतीय नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ भने बेपत्ता चालक दलका सदस्यको खोजी जारी रहेको जनाइएको छ।

यसअघि अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले स्ट्रेट अफ होर्मुज पार गरिरहेको उक्त जहाजमाथि प्रत्यक्ष आक्रमण गरेको आरोप लगाएको थियो।

सेन्टकमका अनुसार आक्रमणपछि जहाजमा आगलागी भएको, इन्जिन कक्षमा ठूलो क्षति पुगेको तथा जहाजले आफ्नो यात्रा जारी राख्न नसक्ने अवस्था सिर्जना भएको छ। साथै, चालक दलका एक सदस्य बेपत्ता रहेको पनि सेन्टकमले जनाएको छ।

भारतको विदेश मन्त्रालयले घटनाको निन्दा गर्दै अन्तर्राष्ट्रिय कानुनअनुसार स्ट्रेट अफ होर्मुजमा स्वतन्त्र, सुरक्षित र अवरोधरहित जलयात्रा तथा व्यापार सुनिश्चित हुनुपर्नेमा जोड दिएको छ। मन्त्रालयले व्यावसायिक जहाज र नागरिक पूर्वाधारलाई निशाना बनाउने गतिविधि तत्काल रोक्न पनि आग्रह गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖