• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

ओमानमा पनि ड्रोन आक्रमण, तनाव थप चुलियो


  • धनकुटा खबर
  • .

मस्कट, असार २८ — अमेरिका र इरानबीच सैन्य तनाव चुलिरहेका बेला आइतबार ओमानमा पनि ड्रोन आक्रमण भएको खबर सार्वजनिक भएको छ।

ओमान समाचार एजेन्सीले सुरक्षा स्रोतलाई उद्धृत गर्दै मुसन्दम गभर्नरेटका केही स्थानमा ड्रोन आक्रमण भएको जनाएको छ। ती ड्रोन कहाँबाट प्रहार गरिएका थिए भन्नेबारे भने आधिकारिक रूपमा खुलाइएको छैन।

मुसन्दम गभर्नरेट स्ट्रेट अफ होर्मुजसँग जोडिएको रणनीतिक महत्वको क्षेत्र हो, जहाँ विश्वको ठूलो परिमाणमा तेल ओसारपसार हुने समुद्री मार्ग अवस्थित छ।

यसअघि इरानी सरकारी सञ्चारमाध्यमले अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणको प्रतिशोधस्वरूप इरानी सेनाले ओमान र जोर्डनका केही सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖