• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

डोनाल्ड ट्रम्पलाई ‘आकस्मिक मृत्यु’ को चेतावनी


  • धनकुटा खबर
  • .

अमेरिका। अमेरिकी सिनेटर लिन्डसे ग्राहमको निधनपछि इरानका केही सरकारी निकट सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा अन्य अमेरिकी र इजरायली अधिकारीलाई लक्षित गर्दै कडा टिप्पणी र चेतावनीपूर्ण सामग्री प्रकाशित गरेका छन्।

इरानी दैनिक हामशहरीले आफ्नो पहिलो पृष्ठमा ‘आकस्मिक मृत्युका लागि तयार हुनुहोस्’ शीर्षकसहित ट्रम्प, अमेरिकी रक्षामन्त्री पीट हेग्सेथ, नेतान्याहुलगायतका अधिकारीहरूको तस्बिर प्रकाशित गरेको जनाएको छ। उक्त सामग्रीमा ग्राहमको निधनसँग सम्बन्धित सन्दर्भ पनि समावेश गरिएको छ।

यस्तै, अर्को इरानी पत्रिका भातान–ए इमरोजले जुलाई १३ को संस्करणमा ‘मृत्युका व्यापारीको मृत्यु’ शीर्षकमा ग्राहमको निधनलाई प्रमुख समाचार बनाएको छ। पत्रिकाले ग्राहमलाई इरानविरुद्ध अमेरिकाको कडा नीतिका प्रमुख समर्थकमध्ये एकका रूपमा चित्रण गरेको छ।

यसैबीच, इरानी सरकारी सञ्चारमाध्यमका एक समाचार वाचकले ग्राहमको मृत्युबारे टिप्पणी गर्दै विवादास्पद अभिव्यक्ति दिएका छन्। ती अभिव्यक्तिपछि सामाजिक सञ्जाल तथा अमेरिकी राजनीतिक वृत्तमा व्यापक प्रतिक्रिया देखिएको बताइएको छ।

समाचारअनुसार, यी सामग्री सार्वजनिक भएपछि ट्रम्प समर्थक ‘मेक अमेरिका ग्रेट अगेन (MAGA)’ अभियानसँग आबद्ध केही समूहले ग्राहमको मृत्युबारे विभिन्न षड्यन्त्रका दाबी गरेका छन्। कतिपयले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) को सम्भावित संलग्नताबारे अनुसन्धान गर्न माग गरेका छन्। तर, यससम्बन्धी कुनै आधिकारिक प्रमाण सार्वजनिक भएको छैन।

दक्षिण क्यारोलिनाबाट निर्वाचित सिनेटर ग्राहम लामो समयदेखि अमेरिकाको आक्रामक विदेश नीतिका समर्थक मानिन्थे। उनले युक्रेनलाई निरन्तर सैन्य सहयोग, गाजामा इजरायललाई खुला समर्थन तथा इरानको वर्तमान शासन परिवर्तनको पक्षमा सार्वजनिक रूपमा धारणा व्यक्त गर्दै आएका थिए।

इरानसँगको तनाव चर्किनुअघि उनले पटक–पटक इजरायल भ्रमण गरी प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा सुरक्षा अधिकारीहरूसँग भेटवार्ता गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖