• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

निर्वाचन अगाडी पैसा बाँडेको आरोपमा मस्क माथी मुद्दा चलाउने अनुमति


  • धनकुटा खबर
  • .

क्यार्लिफोनिया, ३२ असार । एलन मस्कले गत निर्वाचनमा जनतालाई चेक वितरण गरेर निर्वाचनसम्बन्धी घुसखोरी कानुनको उल्लङ्घन गरेको आरोप लगाउँदै मुद्दा दायर गरिएको छ।

 

अब मस्क माथी मुद्दा चलाउने कि नचलाउने भन्ने बारेमा एक महिना भित्र गरिने भएको छ ।  

 

विस्कन्सिन निर्वाचन आयोगले प्रारम्भिक रूपमा यो निष्कर्ष निकालेको छ कि अर्बपति व्यवसायी एलन मस्कले सन् २०२५ को निर्वाचन अघि मतदाताहरूलाई १० लाख डलरको चेक वितरण गरेर निर्वाचनसम्बन्धी घुसखोरी कानुनको उल्लङ्घन गरेको हुने जनाएको छ।

 

आयोगले यस विषयलाई फौजदारी अनुसन्धानका लागि ब्राउन काउन्टीका जिल्ला न्यायाधिवक्ता (डिस्ट्रिक्ट अटर्नी) समक्ष पठाएको छ। अब सरकारी वकिलहरूले मस्क विरुद्ध फौजदारी अभियोग लगाउने वा नलगाउने भन्नेबारे ४० दिनभित्र निर्णय गर्नु पर्ने भएको छ।

 

आयोगले गत साता प्राप्त भएका दुईवटा उजुरीमाथि कारबाही अघि बढाउने निर्णय ५–१ को बहुमतले पारित गरेको थियो । उक्त प्रस्तावमा मस्कले मतदातालाई निर्वाचनमा सहभागी हुन प्रोत्साहित गर्न सामाजिक सञ्जालका पोस्टहरूमार्फत १० लाख अमेरिकन डलरको प्रस्ताव गरेका थिए । जसले चुनाव पुरै प्रभावित भएकाले मुद्दा चलाउने बारेमा प्रारम्भिक अनुमति दिइएको हो ।

विस्कन्सिन सर्वोच्च अदालतका अनुसार निर्वाचनमा मस्कले रिपब्लिकन समर्थित उम्मेदवार ब्राड स्किमेलको पक्षमा कम्तीमा २ करोड (२० मिलियन) अमेरिकन डलर खर्च गरेका थिए । यद्यपि, स्किमेल डेमोक्र्याट समर्थित सुसान क्रफोर्डसँग १० प्रतिशत विन्दुको अन्तरले पराजित भएका थिए । कुल खर्च १०० मिलियन डलरभन्दा बढी रहेको यस निर्वाचनलाई अमेरिकी इतिहासकै सबैभन्दा महँगो न्यायिक निर्वाचन मानिएको थियो।

 

मस्कविरुद्ध एउटा छुट्टै देवानी मुद्दा पनि विचाराधीन छ, जसमा उनीमाथि भोट किनेको, गैरकानूनी लटरी सञ्चालन गरेको र निर्वाचनसम्बन्धी कानुनको उल्लङ्घन गरेको आरोप लगाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖