• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

अनसन तोडेकोमा आलोचना भए पछि वाङचुकले भने, ‘धिक्कार छ तिमीहरूलाई’


  • धनकुटा खबर
  • .

नयाँ दिल्ली,  आफ्नो अनशन अन्त्य गर्ने निर्णयलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएपछि, सोनम वाङचुकले भिडियो सन्देश सार्वजनिक गरेका छन्।

उक्त सन्देशमा उनले सरकारसँग कुनै पनि सहमति नभएको र जन्तर मन्तरमा रहेका विद्यार्थी तथा प्रदर्शनकारीहरूमाथि कारबाही हुन सक्ने डरले मात्रै आफूले अनशन अन्त्य गरेको प्रस्टीकरण दिएका छन् ।

 

उनले शुक्रबार राति करिब साढे १२ बजे केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंह, आफ्नी श्रीमती तथा लद्दाखको नागरिक समाजका प्रतिनिधिको उपस्थितिमा अनशन तोडेका थिए। सो क्रममा जेपी नड्डाले उनलाई २८ दिनका लामो अनशन तोड्नका लागि जुस पिलाएका थिए । जसको यतिखेर तिब्र आलोचना भइरहेको छ । 

त्यसपछि आफ्नो भिडियो सन्देशमा सोनम वाङचुकले भने, ‘म दुःख, आश्चर्य, पीडा र आक्रोशको मिश्रित भावनाका साथ यो भिडियो बनाउँदै छु। आफ्ना भाइबहिनी—अर्थात् विद्यार्थीहरूका लागि २६ दिनसम्म अनशन बस्दा मेरो शरीरको तौल र मांसपेशी ११ किलोग्रामले घटेको छ तथा मेरा अंग र मस्तिष्कमा अपूरणीय क्षति पुग्ने अवस्था सिर्जना भएको छ, साथै लद्दाखको कडा जाडोबाट दिल्लीको प्रचण्ड गर्मीसम्मको यो परिवर्तनलाई झेलेपछि के मेरो आमरण अनशनको पवित्रताबारे कसैबाट ‘चरित्र प्रमाणपत्र’ लिनु साँच्चै आवश्यक छ ?’

उनले कसको हातबाट अनसन तोडेको भन्ने व्यक्तिको बारेमा उठाइएका आरोपहरूको पनि जवाफ दिएका छन् ।

सोनम वाङचुकले भने, ‘मानिसहरूले सोधिरहेका छन् कि मैले कसको हातबाट अनसन  तोडें। यदि मैले अनसन तोडेको भए, कसको हातबाट अनसन तोडें ? त्यो व्यक्तिको हातबाट किन ? यो व्यक्तिको हातबाट किन नतोड्ने ? के सम्झौता भयो ? कस्तो सम्झौता भयो ? मैले यी सबैको जवाफ दिनुपर्छ। म हिजोदेखि तरल पदार्थ सेवन गरिरहेको छु, त्यसैले मेरो शरीरमा केही शक्ति आएको छ।’

‘दुर्भाग्यवश, यसका लागि मैले ठूलो मूल्य चुकाउनुपरेको छ, म यो कुरा निकै भारी मनका साथ भन्दैछु। यद्यपि, आज बिहानैदेखि धेरै मानिसहरूले मलाई फोन गरिरहेका छन् वा विभिन्न पोस्टहरू देखाउँदै सोधिरहेका छन् कि मेरो बारेमा किन यति धेरै प्रश्नहरू उठाइँदैछन्। ‘तपाईंले उनीहरूको अनशन किन तोडाउनु भयो ?’ तपाईंले केन्द्रीय मन्त्रीहरूबाट किन यसो गराउनुभएन ? अरू कसैबाट किन गराउनुभएन ? कस्तो सम्झौता भयो ? कस्तो किसिमको सौदाबाजी गरियो ? यी सबै कुराको जवाफ मैले दिनुपर्ने भएको छ। यदि कुनै सौदाबाजी वा सम्झौता नै उद्देश्य हुन्थ्यो भने के कसैले २६ दिनसम्म भोकै बस्नुपर्थ्यो र ? वास्तवमा कति जनाले यस्ता सम्झौताहरू गरेका छन् ?’

उनले भने,  ‘त्यस्तो देशलाई धिक्कार छ जसले यस्ता सोच भएका मानिसहरू जन्माउँछ, जहाँबाट यस्ता घृणित विचारहरू निस्कन्छन्। म दोष दिन्नँ, म तिमीहरू मध्ये धेरैलाई दोष दिन्न किनकि तिमीहरूसँग ज्ञानको अभाव छ, तत्कालीन परिस्थिति कस्तो थियो भन्ने कुरा तिमीहरूलाई थाहा छैन।’
 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖