• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

दीपावलीको बिदा दिने आदेश अदालतले गर्यो खारेज


  • धनकुटा खबर
  • .

क्यालिफोर्निया, ९ साउन । अमेरिकाको क्यालिफोर्निया राज्यको एक अदालतले तिहार अर्थात दीपावलीलाई आधिकारिक रूपमा राज्यस्तरीय बिदाका रूपमा तोक्ने महत्त्वपूर्ण कानुनका केही अंशहरू खारेज गरिदिएको छ।

 

यो कानुन लागू भएको एक वर्षभन्दा कम समयमै अदालतको यस्तो फैसला आएको हो। प्राप्त जानकारीअनुसार, अदालतको यो निर्णय बिदा आफैँसँग नभई तिहार अर्थात दीपावलीको धार्मिक महत्त्वबारे वर्णन गर्न कानुनमा प्रयोग गरिएको विशिष्ट शब्दावलीसँग सम्बन्धित छ। यो जानकारी ‘हिन्दू अमेरिकन फाउन्डेसन’ ले दिएको हो।

 

यहाँ उल्लेख गर्नुपर्ने कुरा के छ भने थत अक्टोबर २०२५ मा क्यालिफोर्नियाले तिहार वा दीपावलीलाई राज्यस्तरीय बिदा घोषणा गर्‍यो र यसो गर्ने अमेरिकाको तेस्रो राज्य बनेको थियो । यसअघि पेन्सिलभेनिया र कनेक्टिकटले पनि यस्तै कदम चालिसकेका थिए। क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले एसेम्बली सदस्य आष कालराद्वारा प्रस्तुत गरिएको विधेयकमा हस्ताक्षर गरी त्यसलाई कानुनको रूप दिएका थिए । यद्यपि, यस कानुनले दीपावलीका दिन सबैका लागि तलबसहितको बिदा अनिवार्य भने गरेको थिएन।

 

यस व्यवस्थाअन्तर्गत, योग्य सरकारी कर्मचारीहरूलाई तलबसहितको बिदा लिने अनुमति दिइएको थियो। साथै, सरकारी विद्यालय र सामुदायिक कलेजहरूलाई दीपावलीको अवसरमा बन्द रहने विकल्प पनि दिइएको थियो।

 

हिन्दु अमेरिकन समाजले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गरे अनुसार यो निर्णयले राज्यमा बसोबास गर्ने विविध सांस्कृतिक तथा धार्मिक पृष्ठभूमिका मानिसहरूलाई मान्यता दिने प्रयासहरूमा धक्का पुर्‍याएको छ। सो संस्थाले आफूले स्थितिको निगरानी गरिरहेको र क्यालिफोर्नियाका हिन्दू अमेरिकीहरूलाई सहयोग जारी राख्ने पनि बताएको छ ताकि उनीहरूको समुदायले आफ्ना महत्त्वपूर्ण चाडपर्वहरू मनाउने अधिकारको रक्षा गर्न सकोस्।

 

‘प्रकाशको पर्व’ का रूपमा पनि चिनिन्छ र यो विश्वभरका लाखौं भारतीय र नेपाली समुदायद्वारा मनाइन्छ। संयुक्त राज्य अमेरिकामा हिन्दु मूलका मानिसहरूको सबैभन्दा ठूलो जनसंख्या क्यालिफोर्नियामा बसोबास गर्दछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖