• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

चीनले तिब्बतमा भत्काउँदैछ १ हजार ६० गुम्बा र भिक्षुका आवास


  • धनकुटा खबर
  • .

ल्हासा, १३ साउन । चीनले तिब्बतस्थित प्रसिद्ध ‘लारुङ गार बौद्ध एकेडेमी’ मा रहेका भिक्षु तथा भिक्षुणीहरूलाई तत्काल उक्त परिसर खाली गरी आफ्ना मूल गुम्बा वा घर फर्कन आदेश दिएको छ।

तिब्बत टाइम्सका अनुसार यो जानकारी सार्वजनिक भएको हो। उक्त प्रतिवेदनका अनुसार चिनियाँ प्रशासनले स्पष्ट निर्देशन जारी गर्दै भनेको छ कि जसका आवासहरू भत्काइएका छन्, उनीहरू कुनै पनि हालतमा लारुङ गारमा बस्न पाउने छैनन्। अधिकारीहरूले धेरै भिक्षु र भिक्षुणीहरूलाई उनीहरूको गृह क्षेत्रमा जबरजस्ती फर्काउन पनि थालेका छन्।

 

चीनले १३ जुलाईमा लारुङ गारमा भत्काउने अभियान सुरु जानकारी दिएको थियो । प्रशासनका अनुसार अत्यधिक भीडभाड र सुरक्षासम्बन्धी चिन्ताका कारण यो कदम चालिएको हो। यस अभियानमा १,०६० वटा गुम्बा र तीनका आवासहरू भत्काउने योजना समावेश रहेको छ।

 

प्राप्त जानकारी अनुसार प्रशासनले सुरुमा ग्युत्रुल गुम्बा वरपरको क्षेत्र भत्काउने योजना बनाएको थियो तर गुम्बाका प्रतिनिधिहरूको विरोधपछि उक्त योजनामा ​​परिवर्तन गरियो। त्यसपछि भिक्षु तथा भिक्षुणीहरूको आवासलाई निसानामा पारियो र तीमध्ये एक हजारभन्दा बढी आवास भत्काइँदै छन्। समाचारमा यो पनि उल्लेख छ कि बाहिरबाट सेर्थार आएका भिक्षु तथा भिक्षुणीहरूलाई आ आफ्ना मूल गुम्बा वा परिवारकहाँ फर्कन आदेश दिइएको छ। 

 

यसैबीच, स्थानीय साधकहरूलाई पनि एकेडेमी छोडेर आ आफ्ना सहर तथा गाउँका गुम्बाहरूमा जान भनिएको छ। साथै, लारुङ गारका बासिन्दा तथा त्यहाँ आउने तीर्थयात्रीहरूमाथि पनि कडा प्रतिबन्धहरू लगाइएका छन्।

 

तीर्थयात्रीहरूको प्रवेशमा रोक लगाइएको छ। लारुङ गारमा यस्तो कदम चालिएको यो पहिलो पटक होइन, यसअघि चीनले सन् २००१, २०१६ र २०१९ मा ठूलो स्तरमा भत्काउने र निष्कासन गर्ने अभियानहरू सञ्चालन गरेको थियो। ती घटनाहरूमा पनि प्रशासनले अत्यधिक भीडभाड, सुरक्षासम्बन्धी चिन्ता र कानुनी स्वीकृतिको विषयलाई कारणका रूपमा अघि सारेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖