• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

होर्मुजमा इरानको जीत, अमेरिकाकाे नभइ इरानले भनेकाे बाटो हुदैँ निस्किए जहाज


  • धनकुटा खबर
  • .

तेहरान, १३ साउन । होर्मुज जलसन्धिमा जहाजहरूलाई लक्षित गर्ने इरानको रणनीति सफल हुँदै गएको देखिन्छ।

 

समुद्री मामिला सम्बन्धी सूचना प्रदायक संस्था ‘मारिस्क’को तथ्याङ्क अनुसार विगत तीन दिनमा होर्मुज जलसन्धि भएर आवतजावत गर्ने सबै जहाजहरूले तेहरानद्वारा तोकिएका मार्गहरूको प्रयोग गरिरहेका छन्। साथै, उक्त तथ्याङ्कले यो पनि देखाउँछ कि यस अवधिमा अमेरिकाले सिफारिस गरेको ओमानको तट नजिकको मार्ग भएर एउटा पनि जहाज हिँडेको छैन।

 

अमेरिकी प्रसारण संस्था सीएनएनका अनुसार एक समुद्री कम्पनीले शनिबार देखि सोमबारको बीचमा होर्मुज जलसन्धि भएर ७८ वटा जहाजहरू आवतजावत गरेको जनाएको छ। तीमध्ये २० वटा जहाजहरू इरानी झण्डाबाहक थिए। समाचार उल्लेख गरिए अनुसार उक्त क्षेत्र भएर गुज्रिएका इरानबाहेकका सबै ५८ वटा जहाजले इरानद्वारा तोकिएको मार्गको प्रयोग गरेका थिए । अमेरिकी सेनाले सिफारिस गरेको ओमानको तट नजिकको वैकल्पिक जलमार्ग प्रयोग गरेको एउटा पनि जहाज देखिएन।

 

पछिल्लो ‘अटोमेटिक आइडेन्टिफिकेसन’ को तथ्याङ्कले पनि के देखाउँछ भने प्रतिबन्धहरूका बाबजुद पनि इरानको नियन्त्रणमा रहेको उत्तरी मार्ग हुँदै गैर इरानी व्यावसायिक जहाजहरूको आवतजावत जारी रहेको छ । 

 

अर्को समुद्री कम्पनी विन्डवार्डले पनि जनाए अनुसार आइतबार देखी ‘स्ट्रेट अफ हर्मुज’ भएर जम्मा सातवटा जहाजहरू मात्रै गुज्रिएका थिए र ती सबैले इरानको नियन्त्रणमा रहेको उत्तरी मार्गको प्रयोग गरेका थिए।

होर्मुज जलसन्धिलाई लिएर अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको बेला इरानीले यो ब्यापारिक नाकमा आफ्नो जादु देखाएको हो । इरानको ुइस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले होर्मुज जलसन्धि भएर आवतजावत गर्ने जहाजहरूले तेहरानको अनुमति लिनै पर्ने चेतावनी बारम्बार दिँदै आएको थियो र छ।

 

गत शनिबार ‘इरान डेली’ मा प्रकाशित एक अन्तर्वार्तामा इरानी विदेशमन्त्री अब्बास अराघचीले होर्मुज जलसन्धिमा वैकल्पिक जलमार्ग सञ्चालनमा ल्याएर वासिङ्टनले जानाजान इरान अमेरिका सम्झौताको उल्लंघन गरेको बताएका थिए ।

 

इरानको सरकारी टेलिभिजन ‘आईआरआईबी’ जनाए अनुसार इरानी सेनाले जलसन्धिको दक्षिणी भाग भएर जान खोजिरहेका जहाजहरूको मार्ग परिवर्तन गराएको थियो। 

 

यसैबीच, अमेरिकी नाकाबन्दीका बाबजुद इरानी बन्दरगाहहरूमा तेल बोक्ने ट्यांकरहरू आउने क्रम जारी छ। ‘विन्डवार्ड मेरिटाइम’ को तथ्यांकअनुसार आइतबार ‘खर्ग टापु’ को लोडिङ टर्मिनलमा २४ वटा ट्यांकरहरू पालो पर्खिरहेका थिए, जुन अघिल्लो दिन यो संख्या २१ मात्रै रहेको थियो।

 

साथै, दुई साता सम्मको बमबारीपछि अमेरिकाले इरानमाथि आक्रमण रोक्ने निर्णयमा पुगेको छ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले बारम्बार वार्ताका लागि आग्रह गरिरहेको र आफू कूटनीतिलाई अर्को एक मौका दिन चाहेको दाबी गरेका छन् । यद्यपि, ट्रम्पले इरानसँगको वार्ता सफल नभएमा अमेरिकाले पुनः आक्रमण सुरु गर्ने धम्की भने दिन छाडेका छैनन् ।

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖