काठमाडौं, १५ साउन । ब्रड पिकको पहिलो सफल आरोहण सन् १९५७ मा भएको थियो, जतिखेर अस्ट्रियाली आरोहण दलका चार सदस्यहरू यसको शिखरमा पुगेका थिए।
त्यसयता ८ हजार ५१ मिटर अग्लो पाकिस्तानको यो हिमालको धेरैले आरोहण गरिसकेका छन् भने दर्जनौं आरोहीहरूले यसै हिमालमा ज्यान गुमाएको छ ।
बीबीसीका अनुसार सन् २०१३ ब्रड पिकका लागि सबैभन्दा घातक वर्षहरूमध्ये एक रह्यो, जसमा कम्तीमा ६ जनाको मृत्यु भएको थियो। त्यही वर्षको मार्च महिनामा, शिखरबाट फर्कने क्रममा बेपत्ता भएका २७ र ५८ वर्षीय दुई पोलिश आरोहीहरूलाई मृत घोषित गरिएको थियो।
त्यसको केही महिनापछि तीन जना इरानी आरोहीहरूको पनि त्यस्तै दुःखद अन्त्य भयो, साथै एक जर्मन आरोही चिप्लिएर पहाडी खोलाले बगाउँदा मृत्युवरण गर्न पुगेकी थिइन्।
हिजाे फेरी त्यहीवाट १० जना पर्वताराेही बेपत्ता भएका छन । निर्मल पुर्जाले नेतृत्व गरेकाे साे आरोहण दलमा १० जना आरोहीहरू रहेका थिए । जसअनुसार अभियान टोलीमा नादिरा अहमद अब्दुल्लाह अल हार्थी (ओमान), सोहेल सखी (पाकिस्तान), वाङ झोङ (चीन), निर्मल पुर्जा अर्थात निमस दाई (नेपाल) पूरबहादुर गुरुङ ‘युक्त’ (नेपाल) किली पेम्बा शेर्पा ‘किलु’ (नेपाल), निमा शेर्पा (नेपाल), नवाङ थिन्दु शेर्पा (नेपाल), ग्यालु शेर्पा (नेपाल) रहेका छन् ।
