• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

पाकिस्तानबाट आरोहीको टेलिफोन- हिमपहिरोको अवस्था दुर्भाग्यपूर्ण देखिन्छ


  • धनकुटा खबर
  • .

पाकिस्तानको ब्रड पिक हिमालको हिमपहिरो निकै भयानक देखिएको खबर आएको सांसद तथा आरोही मिङ्मा ग्याबु शेर्पाले बताएका छन्।

हिमपहिरोमा हराइरहेका विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जाका व्यवसायिक साझेदार समेत रहेका शेर्पा हिमपहिरोमा हराइरहेका आरोहीको उद्धार प्रयासमा लागि पाकिस्तान जाँदै छन्।

नेपालखबरसँग कुरा गर्दै शेर्पाले भने, ‘पहिरोको अवस्था देखेका एक जना नेपाली आरोहीसँग केहीबेर अघि कुरा भएको थियो। हिमपहिरोको अवस्था हेर्दा निकै दुर्भाग्यपूर्ण देखिन्छ भनेका छन्।’

हिमपहिरोमा ६ जना नेपाली र अन्य चार विदेशी गरी १० जना हराएका थिए। उनीहरूमध्ये चार जनाको शव फेला परेको छ भने दुई जनाको पहिचान खुलेको छ।

पहिचान खुलेकामध्ये नेपालका पुरबहादुर गुरुङ र ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी छिन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖