• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस


  • धनकुटा खबर
  • .

सियोल, १८ साउन। दक्षिण कोरियामा शताब्दीकै सबैभन्दा बढी तापमान रेकर्ड गरिएको छ। 

सरकारी मौसम विज्ञान निकायका अनुसार दक्षिण कोरियामा आइतबार एक शताब्दीभन्दा बढी समय अघि देखि अभिलेख राख्न थालिए यताकै उच्च तापक्रम मापन गरिएको हो।

कोरिया मौसम विज्ञान प्रशासनले आफ्नो वेबसाइटमा जनाएअनुसार दक्षिण पूर्वी सहर याङसानमा दिउँसो १ः २६ बजे तापक्रम ४२.५ डिग्री सेल्सियसको एेतिहासिक रेकर्ड गरेको छ ।

 

याङसान हाल चलिरहेको अत्यधिक गर्मीको लहरको केन्द्रबिन्दु बनेको छ, जहाँ आइतबार लगातार पाँचौं दिन तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो ।

 

दक्षिण कोरियाका धेरैजसो भागमा अत्यधिक गर्मीसम्बन्धी चेतावनी जारी गरिएको छ र धेरै सहरहरूमा तापक्रम ३० डिग्री सेल्सियसको माथिल्लो विन्दुसम्म पुगिरहेको छ। आइतबार २० भन्दा बढी क्षेत्रहरू ‘आपतकालीन गर्मी लहर चेतावनी’ को दायरामा थिए  । यो बढ्दो तापक्रमको समस्यालाई अझ प्रभावकारी रूपमा सम्बोधन गर्न यसै वर्ष सुरु गरिएको चेतावनीको नयाँ श्रेणी हो।

 

कुनै क्षेत्रमा गर्मीको लहर चलिरहेको बेला त्यहाँको महसुस गरिने तापक्रम ३८ डिग्री सेल्सियस वा वास्तविक तापक्रम ३९ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान गरिएको अवस्थामा यस्तो आपतकालीन चेतावनी जारी गरिन्छ।

 

कोरियाको तथ्याङ्कअनुसार सन् १९७० को दशकमा वार्षिक औसत ८ दिन रहने गर्मीको लहरको संख्या विगत पाँच वर्षमा बढेर १९ दिन पुगेको छ, जुन दोब्बरभन्दा बढी हो।

 

कोरियामा कम्तीमा ३३ डिग्री सेल्सियस अधिकतम तापक्रम भएको दिनलाई गर्मीको लहरको दिन मानिन्छ भने रातको न्यूनतम तापक्रम २५ डिग्री सेल्सियस वा सोभन्दा बढी रहने रातलाई उष्ण रात भनिन्छ।  वैज्ञानिकहरूले चेतावनी दिएका छन् कि मानवीय गतिविधिका कारण हुने जलवायु परिवर्तनका कारण गर्मीको लहरजस्ता चरम मौसमी घटनाहरू बारम्बार र अझ तीव्र हुँदै गइरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖