• Wednesday 7th of October 2026

सलमान खानकी बहिनी अर्पिताले बेचिन् घर


  • धनकुटा खबर
  • .

बलिउड अभिनेता सलमान खानकी बहिनी अर्पिता र उनका श्रीमान आयुष शर्माले मुम्बईको बान्द्रास्थित आफ्नो घर बेचेका छन्।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उनीहरूले २२ करोड भारूमा घर बेचेका हुन्। अर्पिता र उनका श्रीमान आयुष वर्लीस्थित घरमा शिफ्ट भएका छन्।

सलमानले अर्पिताको विवाहअघि बान्द्रास्थित घर गिफ्ट गरेका थिए। यो घर सलमानको ग्यालेक्सी अपार्टमेन्टबाट पाँच मिनेट टाढा छ। हाल अर्पितासँग एक अर्का अपार्टमेन्ट पनि छ। जुन मुम्बईको खारमा छ। यो अपार्टमेन्ट १७५० वर्ग फिटमा फैलिएको छ। यसमा ४ पार्किङ छ।

अर्पिताले सन् २०१४ मा अभिनेता आयुष शर्मासँग विवाह गरेकी थिइन्। उनीहरूका दुई छोरा आहिल र आयत छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖