• Wednesday 7th of October 2026

जुही चावला बनिन् भारतकी सबैभन्दा धनी अभिनेत्री


  • धनकुटा खबर
  • .

काठमाडौं । ९० को दशकमा भारतीय अभिनेत्रीले प्रतिफिल्म एक करोड भारु पारिश्रमिक पाउँथे । यसले उनीहरुको विज्ञापन इन्डोर्समेन्ट र सम्पत्तिको वृद्धिमा फाइदा पुग्थ्यो ।

सफल व्यवसाय गरेका ती अभिनेत्री करोडपति पनि बने । यसरी धनाढ्य बनेका अभिनेत्री शीर्ष १० को सूचीमा समावेश हुनु नौलो कुरा रहेन । अचम्म मान्नुपर्ने कुरा के छ भने जसले पछिल्लो दशकमा एउटा पनि हिट फिल्म दिन सकेको छैन, उनै अभिनेत्री ४ हजार ६०० करोड भारु (५८० मिलियन डलर)सहित भारतकी धनी अभिनेत्री घोषित भएकी छन् ।

पछिल्लो विवरणअनुसार अहिलेका चर्चित अभिनेत्रीलाई उछिन्दै जुही चावला यतिबेला भारतकी सबैभन्दा धनाढ्य अभिनेत्री बनेकी छन् । ‘हुरुन रिच लिस्ट २०२४’ को सूचीमा चुहीको सम्पत्ति उनका साथी तथा व्यावसायिक साझेदार शाहरुख खानपछि दोस्रो स्थानमा छ ।

उनको यो सम्पत्ति उनका समकालीन वा जुनियरको भन्दा धेरै हो । जुहीपछिका धनी अभिनेत्रीको सम्पत्ति जोड्दा समेत जुहीको सम्पत्तिभन्दा धेरै हुन आउँछ । जुहीपछि दोस्रो स्थानमा १०० मिलियन डलर (८५० करोड भारु)सहित ऐश्वर्या राय छिन् ।

ब्राण्ड, फिल्म निर्माण कम्पनी र हलिउड फिल्मको पारिश्रमिक जोड्दा तेस्रो स्थानमा अभिनेत्री प्रियंका चोपडा छिन् । उनको कुल सम्पत्ति ६५० करोड भारु छ । शीर्ष पाँच धनाढ्य भारतीय अभिनेत्रीमा आलिया भट्ट र दीपिका पादुकोण पनि छन्, जोसँग ठूला व्यावसायिक उद्यम पनि छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖