काठमाडौं । साम्राज्ञी शाह अभिनित फिल्म ‘लण्डन टु पेरिस’ हालै प्रदर्शनमा आयो । प्रशंसक उनलाई नयाँ फिल्ममा हेर्न अधैर्य छन् । यस्तोमा, उनले म्युजिक भिडियोमा अभिनय गरेको खबर छ ।
महंगो लागतमा निर्माण गरेको जनाइएको उनी अभिनित म्युजिक भिडियोको छायांकन हालै थाइल्याण्डमा गरिएको छ । दशैंअघि छायांकन गरिएको भिडियो ‘मालती’मा ६० लाख लगानी गरिएको निर्देशक सञ्जय न्यौपानेले दाबी गरे ।
भिडियोको शीर्ष भूमिकामा शाह र विशाल खरेलले अभिनय गरेका छन् । बुधबार परेको खरेलको जन्मदिन अवसरमा गीतको फस्टलुक स्वरुप स्टिल फोटो सार्वजनिक गरिएका छन् ।
एक साताभन्दा बढि समय लगाएर छायांकन गरिएको हो ।
