• Wednesday 7th of October 2026

७ वर्षपछि मामा गोविन्दाको घर गए कृष्णा


  • धनकुटा खबर
  • .

भारतीय अभिनेता गोविन्दा र उनका भान्जा कमेडियन कृष्णा अभिषेकबीच ७ वर्षदेखि भइरहेको विवाद टुंगिएको छ।

भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार ७ वर्षपछि कृष्णा आफ्नो मामा गोविन्दाको घर गएका थिए। केही दिनअघि गोविन्दाको खुट्टामा गोली लागेको थियो। उनी ४ दिनसम्म अस्पतालमा भर्ना भएका थिए। त्यतिबेला कृष्णा अस्ट्रेलियामा थिए।

गोविन्दालाई भेट्न कृष्णाकी श्रीमती कश्मीरा शाह अस्पताल पुगेकी थिइन्। हालै कृष्णा गोविन्दालाई भेट्न घर पुगेका हुन्।

मामालाई भेटेपछि कृष्णाले भने, ‘अष्ट्रेलियाबाट फर्किएपछि मामाको घर गएँ। ७ वर्षपछि मामाको घर जाँदा आधा वनवास पूरा गरेको जस्तो लाग्यो। उहाँ ठिक हुनुहुन्छ। मैले उहाँसँग लगभग १ घण्टा बिताएँ र सात वर्षपछि नम्मो (गोविन्दाकी छोरी टीना आहूजा) सँग भेटेँ। यति धेरै इमोशनल मोमेन्ट थियो। मैले उनलाई अँकमाल गरेँ। मलाई खुशी लाग्यो किनकी त्यहाँ विगतको कुरा भएन।’

सन् २०१६ मा कृष्णाको एउटा अभिव्यक्तिले मामासँगको सम्बन्ध बिग्रिएको थियो। कपिल शर्मा शोमा उनले गोविन्दालाई आफ्नो मामा बनाएर राखेको बताए। उनको यो कुरा गोविन्दालाई मन परेन। कृष्णाको अभिव्यक्तिको टिप्पणी गर्दै गोविन्दाले भनेका थिए, ‘पैसाको लागि टेलिभिजनमा कसैको बेइज्जती गर्न हुँदैन।’

कृष्णाकी पत्नी कस्मिरा शाहले सन् २०१८ मा केही मानिस पैसाका लागि नाच्छन् भन्दै ट्विट गरेकी थिइन्। यस ट्विटले उनीहरूको सम्बन्ध झनै बिग्रिएको थियो। यहाँसम्म कि जब गोविन्दा कपिल शर्मा शोमा आउँदा कृष्णा शोमा आउँदैन थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖