• Wednesday 7th of October 2026

यस कारण ऐश्वर्याको पारिवारिक पार्टीमा पुगेनन् अभिषेक


  • धनकुटा खबर
  • .

यतिबेला बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्या राय बच्चनको सम्बन्ध विच्छेदको चर्चा छ।

हालै ऐश्वर्याको परिवारिक पार्टीको तस्बिरमा अभिषेक नदेखिएपछि सम्बन्ध विच्छेदको चर्चा झनै चुलिएको हो। सामाजिक सञ्जालमा भाइरल तस्बिर ऐश्वर्याको भाइको जन्मदिनको पार्टीको हो। उक्त तस्बिरमा ऐश्वर्या र उनकी छोरी आराध्या पुरै परिवारसँग देखिएका छन्।

चर्चा बढ्दै गएपछि अभिषेकको नजिकको स्रोतले अभिनेताले आफ्नी हजुरआमा इन्दिरा भादुरीलाई भेट्न भोपाल जानु परेको बताएका छन्। स्वास्थ्यमा समस्या भएपछि इन्दिरालाई अस्पतालमा भर्ना गरिएको छ।
‘बच्चन परिवारले सधैं एकअर्कालाई समर्थन गर्ने मूल्यमा जोड दिएको छ। यस समय अभिषेकले हजुरआमाको हेरचाहलाई प्राथमिकता दिने सोचेका थिए,’ स्रोतले भनेका छन्।

अभिषेक र ऐश्वर्याले पहिलो पटक फिल्म ‘ढाई अक्षर प्रेम के’ काम गरेका थिए। त्यसपछि ‘कुछ ना कहो’, ‘उमरावों जान’, ‘बन्टी और बब्ली’ र ‘धूम २’ मा उनीहरूले सँगै काम गरे।

त्यसपछि फिल्म ‘गुरू’ मा काम गर्दागर्दै अभिषेक बच्चन ऐश्वर्याको प्रेममा परे। यस फिल्मको प्रमोसन सकिएपछि अभिषेकले ऐश्वर्यालाई प्रेम प्रस्ताव राखे। ऐश्वर्याले उनको प्रेम प्रस्ताव स्वीकार गरेपछि दुवैले विवाह गरेका थिए। उनीहरूको विवाह सन् २००७ मा भएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖