• Wednesday 7th of October 2026

राजनीतिका लागि अभिनय छाडेपछि यसो भन्छन् थलापति विजय


  • धनकुटा खबर
  • .

मुम्बइ । दक्षिण भारतीय अभिनेता थलापति विजयले राजनीतिमा आफ्नो करिअर बनाउन तमिल फिल्म क्षेत्र छाड्ने घोषणा गरेका छन्।

‘मैले आफ्नो करिअरको उचाइमा फिल्म क्षेत्र छाडे। तपाईहरू सबैको विश्वासले म विजय बनेर आएको छु,’ उनले भने।

उनले आफ्नो फिल्मी यात्राको बारेमा कुराकानी गर्दै भने, ‘मेरो सिनेमा करिअरको सुरूआतमा मेरो अनुहार राम्रो छैन भन्ने प्रतिक्रिया आएको थियो। यहाँसम्म कि मेरो कपाल र मेरो चाल पनि राम्रो छैन। तर मलाई आलोचनाले केही असर गरेन। मैले आफ्नो पहिचान बनाएर सबैलाई गलत सावित गरेँ।’

उनले पछिल्लो फिल्म ‘थलापति ६९’ का लागि २७५ करोड भारू पारिश्रमिक लिएका छन्। पछिल्लो समय उनी फिल्म ‘गोट’ मा देखिएका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖