• Tuesday 6th of October 2026

‘ह्रस्व दीर्घ’ ले चार दिनमा कति गर्‍यो ग्रस कलेक्सन?


  • धनकुटा खबर
  • .

शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘ह्रस्व दीर्घ’ ले सुखद् कमाइ गरिरहेको छ। यो फिल्मको चार दिनको ग्रस कलेक्सन सार्वजनिक गरिएको छ।

निर्मात्री तथा अभिनेत्री नीता ढुंगानाका अनुसार फिल्मले सोमबारसम्म ३ करोड ६५ लाख रूपैयाँ ग्रस कलेक्सन गरेको छ।

फिल्मले शुक्रबार ८० लाख, शनिबार १ करोड २० लाख, आइतबार ७५ लाख कलेक्सन गरेको जनाइएको थियो।

निर्माताका अनुसार सोमबार फिल्मले ९० लाख ग्रस कमाएको हो।

मंगलबार पनि फिल्मको कलेक्सन सुखद् रहेको निर्माण पक्षले जनाएको छ। यद्यपि मंगलबारको कलेक्सन रिपोर्ट भने बुधबार सार्वजनिक हुनेछ।

चन्द्र पन्त निर्देशित ‘ह्रस्व दीर्घ’ मा नीता ढुंगाना र उनका श्रीमान ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी शीर्ष भूमिकामा छन्। साथमा नेपाली र भारतीय फिल्मका चर्चित कलाकारहरूको अभिनय छ।

भारतीय अभिनेता प्रदीप रावत फिल्मको प्रचारप्रसारका लागि यतिबेला नेपालमा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖