• Tuesday 6th of October 2026

‘पुष्पा २’ को विशेष शोमा एक महिलाको मृत्युपछि अल्लू अर्जुनविरूद्ध उजुरी


  • धनकुटा खबर
  • .

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन ‘पुष्पा २’ रिलिज भएपछि चर्चामा छन्।

फिल्मलाई लिएर दर्शक निकै उत्साहित देखिएका छन्। ४ डिसेम्बरमा हैदराबादको थिएटरमा विशेष शो आयोजना गरिएको थियो। अल्लू अर्जुनलाई हेर्न दर्शकको भागदौड हुँदा एक महिलाको मृत्यु भएको छ। उनको मृत्युपछि उनका परिवारले थिएटर म्यानेजमेन्ट र अल्लू अर्जुनविरूद्ध उजुरी दिएका छन्।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार पुलिस स्टेशनमा धारा १०५ (अन्जानमा हत्याको सजाय) र ११८ (१) आर/डब्ल्यु ३ (५) (स्वेच्छाले चोट पुर्याएको) मामिलामा उजुरी दर्ता गरिएको छ।

मृतक महिलाको नाम रेवती बताइएको छ। एक प्रहरी अधिकारीका अनुसार उनी एक बच्चालाई बचाउने प्रयास गरिरहेकी थिइन्।

सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।

एक्सन, क्राइम र ड्रामा जनराको यो फिल्मको रनटाइम ३ घण्टा २१ मिनेट छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖