हैदराबाद । अभिनेता अल्लु अर्जुन शनिबार बिहान हैदराबादको चंचलगुडा सेन्ट्रल जेलबाट रिहा भएका छन् । हैदराबाद प्रहरीले उनलाई शुक्रबार पक्राउ गरी अदालतमा पेस गरेको थियो ।
त्यसको केही समयपछि तेलंगाना उच्च अदालतले उनलाई चार हप्ताको लागि अन्तरिम जमानत दिएको थियो। तर, उनी शुक्रबार राति रिहा भएनन् ।
अल्लु अर्जुनका वकिल अशोक रेड्डीले अल्लु अर्जुन शनिबार बिहान मात्र रिहा भएको जानकारी दिए छन् । उनले भने , ‘उहाँले तेलंगाना उच्च अदालतबाट आदेशको प्रतिलिपि प्राप्त गर्नुभएको थियो, तर यसपछि पनि उनी (अल्लु अर्जुन) रिहा हुनुभएन ।’
‘उच्च अदालतले अल्लु अर्जुनलाई आदेशको प्रतिलिपि प्राप्त गरेलगत्तै रिहा गर्नुपर्ने भनेको थियो, तर त्यसो भएन। यसबारे जवाफ दिनुपर्नेछ र हामी यसको विरुद्ध कानुनी लडाइँ लड्नेछौँ,’ उनले भने ।
