• Monday 5th of October 2026

कोठामा हिटर बालेर सुत्दा के–कस्ता कुरामा ध्यान दिने ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । देशभर चिसो बढेको छ । चिसो बढेसँगै विद्युतीय हिटर प्रयोग गर्नेको संख्या पनि बढ्छ ।

चिसो महिनामा कोठालाई न्यानो बनाउन, आफूलाई तातो बनाउन दाउरा बाल्ने, हिटर राख्ने गर्छौं, एसी लगाउने, कोइला बाल्ने, दाउरा बाल्ने, झ्याल ढोका थुन्ने गरी कोठालाई न्यानो बनाउने गरिन्छ । तर यी सामाग्री प्रयोग गर्दा ध्यान दिन नसकेमा अप्रिय घटना पनि हुन सक्छ । यस्ता सामाग्री प्रयोग गर्दा कन्सल्टेन्ट फिजिसियन डा. रोशन कुमार झाका यस्ता छन् सुझावः

–जहाँ हावाको आवातजावत छैन, त्यहाँ आगो बाल्नु हुँदैन वा कुनै पनि किसिमको फ्युल बाल्नु हुँदैन । हिटर, फ्युल बाल्ने, आगो बाल्ने राम्रोसँग हावा पास हुने कोठा हुनुपर्छ ।

–कतिपयले बन्द कोठामा हिटर बाल्छन् । तर त्यो राम्रो होइन । घरभित्र कोइला, आगो, हिटर सकेसम्म प्रयोग नगर्ने, प्रयोग गर्नै परेमा भेन्टिलेटर भएको हुनुपर्‍यो । हावाको आवतजावत हुनुपर्‍यो ।

–इलेक्ट्रिक हिटर बाल्ने भए भाँडामा पानी पनि राख्नुपर्छ ।

–गिजर प्रयोग गर्नुपरेमा हावा आवतजावत हुनुपर्छ । यदि कुनै किसिमको गन्ध आउँछ भने तुरुन्त झ्याल ढोका खोल्नु पर्छ । तुरुन्त गिजरलाई बन्द गर्नुपर्छ र त्यहाँ बस्नु हुँदैन ।

–घरको बाथरुममा कसैले ग्याँस गिजर प्रयोग गरिरहेको छ भने बाहिर कोही मान्छे सचेत भएर बस्नु पर्दछ ।

हिटर र आगोमा बस्ने मानिसमा सुरुमा हेमोग्लोबिनमा अक्सिजनको मात्रा कम हुँदै जाँदा चक्कर लाग्ने, वाकवाक लाग्ने, मन्द टाउको दुख्ने, कमजोरीपन, उल्टी हुने, आँखा धमिलो हुँदै जाने, छिटोछिटो श्वासको गति बढ्ने, मुटुको धड्कन बढ्दै जाने, जीउ काम्न थाल्ने, बेहोस अथवा अर्धचेत हुने हुन्छ। समयमै थाहा नपाए यही कारणले नै मानिसको मृत्यु हुन्छ।

लक्षण
– टाउँको दुख्ने।
– वाकवाकी लाग्ने तथा बान्ता हुने।
– मुटुको धड्कन बढ्ने हुने।
– अक्सिजन कमी हुने हुँदा श्वास फेर्न गाह्रो हुने।
– चक्कर लाग्ने तथा बेहोस हुने।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖