• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

तीन बन्धकको बदलामा इजरायलले गर्‍यो ९० प्यालेस्टाइनी कैदी रिहा


  • धनकुटा खबर
  • .

गाजा युद्धविराम लागू भएसँगै इजरायली र प्यालेस्टाइनी आम नागरिक खुशी छन्।

हमासले तीन जना बन्धकलाई रिहा गरेपछि इजरायलले पनि ९० प्यालेस्टाइनी कैदीहरूलाई रिहा गरेको छ। इजरायल जेल सेवाले हमाससँगको युद्धविराम र बन्धक सम्झौताको एक भागको रुपमा बन्दीहरूलाई रिहा गरिएको जनाएको छ।

यसअघि, हमासले रेडक्रसका अधिकारीहरूमार्फत तीन इजरायली बन्धकहरूलाई इजरायली सेना (आईडीएफ) लाई सुम्पेको थियाे। उनीहरू इजरायल पुगेका छन्।

तीन फर्केकाहरूलाई विशेष आईडीएफ इकाई र शिन बेट सुरक्षा बलहरूले इजरायलमा फिर्ता लगे। जरायली सेनाका अनुसार प्रारम्भिक चिकित्सा परीक्षण गरिनेछ। उनीहरू फिर्ता भएसँगै इजरायलमा खुःशी छाएकाे छ।

हमासका एक अधिकारीले एएफपीलाई तीन महिला बन्धकहरूलाई आधिकारिक रूपमा पश्चिमी गाजा शहरको अल–रिमाल छिमेकको अल–सराया स्क्वायरमा रेड क्रसलाई सुम्पिएको जानकारी दिएका थिए। रिहा हुनेमा २४ वर्षीय रोमी गोनेन, २८ वर्षीया एमिली डमारी र ३१ वर्षीय डोरोन स्टेनब्रेचर रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖