• Tuesday 6th of October 2026

चर्चित गायिका कल्पनाले गरिन् आत्महत्या प्रयास, घरभित्र यस्तो अवस्थामा फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । दक्षिण भारतीय प्रसिद्ध पार्श्व गायिका तथा डबिङ कलाकार कल्पना राघवेन्द्रले मार्च २ मा निजामपेटस्थित आफ्नो घरमा आत्महत्याको प्रयास गरेको आरोप लागेको छ। मिडिया रिपोर्टहरूका अनुसार उनले निद्राको चक्की सेवन गरेकी थिइन्।

दुई दिनसम्म ढोका नखोल्दा सुरक्षागार्डले छिमेकीलाई खबर गरेपछि प्रहरीलाई बोलाइएको थियो। त्यसपछि अचेत अवस्थामा फेला परेकी कल्पनालाई अस्पताल भर्ना गरिएको थियो। हाल निजामपेटको एक निजी अस्पतालमा उपचाररत रहेकी उनी भेन्टिलेटरमा छिन्।

प्रहरीले आत्महत्याको प्रयासको कारण पत्ता लगाउन अनुसन्धान गरिरहेको छ। उनका श्रीमान प्रसादसँग सोधपुछ भइरहेको छ। गायकको स्वास्थ्य अवस्थाबारे जानकारी लिन धेरै सेलिब्रेटीहरू अस्पताल पुगेका छन्।

कल्पना प्रसिद्ध पार्श्व गायक टी.एस. राघवेन्द्रकी छोरी हुन्। उनले २०१० मा ‘स्टार सिंगर मलयालम’ उपाधि जितेपछि लोकप्रियता हासिल गरेकी थिइन्। इलैयाराजा, ए.आर. रहमान जस्ता ख्यातिप्राप्त संगीतकारहरूसँग काम गरिसकेकी उनले १,५०० भन्दा बढी गीत गाएकी छन्।

प्रहरी अधिकारीहरूका अनुसार गायकले निद्राको चक्की खाएको डाक्टरहरूले पुष्टि गरेका छन्। हाल उनको अवस्था “खतरा बाहिर” रहेको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖