• Monday 5th of October 2026

ऊर्जामन्त्रीलाई आस्था राउतको सुझाव : कुलमानको रिस नगर्नुस्, जनताको मन जित्ने काम गर्नुस्


  • धनकुटा खबर
  • .

काठमाडौं । गायिका आस्था राउतले ऊर्जामन्त्री दीपक खड्कालाई कुलमानको रिस नगर्न सुझाव दिएकी छिन् । घिसिङले राम्रो काम गरेर जनताको मनमा राम्रो छाप पारेकाले जनताले जय जय गरेको भन्दै उनले सामाजिक सञ्जालमार्फत मन्त्रीलाई यस्तो सुझाव दिएकी हुन् ।

“तपाईं पनि (जनताको) मन जित्ने काम गर्नुस् न तपाईंको पनि जय जय गरौँला मन्त्रीज्यू, तर तपाईंको नाम सुन्दै रिस उठ्ने व्यवहार बन्द गर्नुस्,” ऊर्जामन्त्रीको नाम नलिई उनले लेखेकी छिन्, “राम्रो काम गर्न नसके नराम्रो पनि नगर्नुस् नत्र जीवन भर छिछि र दुर्दुर् भन्दा तपाईंले पाउने केही हैन ।”

अर्काको राम्रो कामको वाहवाहीले जल्नेहरूले आफूले पनि मन जित्ने काम गर्नुपर्ने उनको सुझाव छ । आफू कसैको ‘झोले’ नभएको भन्दै उनले देश र जनताका लागि राम्रो काम गर्ने जुनै पार्टीको भए पनि वाहवाही गर्ने बताएकी छिन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖