• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

ट्रम्प पुटिनसँग रिसाएपछि


  • धनकुटा खबर
  • .

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति कडा असन्तुष्टि व्यक्त गरेपछि रुसको पहिलो प्रतिक्रिया आएको छ।

बीबीसीका अनुसार रुसले आफू अझै पनि ‘अमेरिकासँग काम गरिरहेको’ बताएको छ।

रुसी राष्ट्रपतिका प्रेस सचिव दिमित्री पेस्कोभले भने, ‘हामी अमेरिकी पक्षसँग काम गरिरहनेछौँ। सबैभन्दा पहिले, हाम्रो सम्बन्ध सुधार्न काम गर्नेछौँ।’

उनले यस हप्ता पुटिन र ट्रम्प बीच वार्ताको कुनै योजना नभएको तर ‘आवश्यक परेमा’ पुटिन तयार रहेको बताए।

आइतबार एनबीसी न्युजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै रिसाएको बताएका थिए।

ट्रम्पले अन्तर्वार्तामा भनेका छन्, ‘पुटिन युद्धविराम गर्न सहमत भएनन् भने रुसबाट तेल खरिद गर्ने देशहरूमा ५० प्रतिशत भन्सार लगाउन सक्छु।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖