• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

पुटिन भारत आउनु अघि नै मोदी रूस जान सक्ने


  • धनकुटा खबर
  • .

मस्को, २८ चैत । रुसी सरकारले प्रधानमन्त्री नरेन्द्र मोदीलाई मे ९ मा मस्कोमा ८०औँ विजय दिवस समारोहमा सहभागी हुन औपचारिक निमन्त्रणा दिएको छ। 
 
यो समारोह दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत संघको विजयको प्रतीक हो। सञ्चारमाध्यमका अनुसार रुसका उप विदेशमन्त्री एन्ड्रे रुदेन्कोले नयाँ दिल्लीमा औपचारिक निमन्त्रणा पठाइएको र उच्चस्तरीय भ्रमणको तयारी अहिले भइरहेको पुष्टि गरेका छन् । 
 
रुसको सरकारी समाचार एजेन्सी टासलाई उद्धृत गर्दै रुडेन्कोले भनेका छन्, ‘यसमा काम जारी छ, यो यसै वर्ष हुनुपर्छ । उनले निमन्त्रणा पाएका छन् ।’
 
मस्कोको प्रतिष्ठित रेड स्क्वायरमा आयोजना हुने वार्षिक सैन्य परेडमा सहभागी हुन रुसले विभिन्न मित्र राष्ट्रका नेताहरूलाई पनि यस्तै निमन्त्रणा गरेको उप विदेश मन्त्रीले बताए। 
 
तर, भारतले भने सो परेडमा सामेल हुन प्रधानमन्त्री मोदी भन्दा रक्षामन्त्री राजनाथ सिंहले मे ९ मा विजय दिवस परेडमा भारतको प्रतिनिधित्व गर्नेछन्। यसको मतलब प्रधानमन्त्री मोदी व्यक्तिगत रूपमा उपस्थित हुने सम्भावना नरहेको जनाइएको छ। तर, कुनै टुंगो भने भइसकेको छैन् ।

गत महिना मस्कोले पुष्टि गरेको थियो कि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस वर्षको अन्त्यसम्ममा भारत भ्रमण गर्ने छन्। रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरे पछि यो उनको पहिलो भारत भ्रमण हुनेछ।
 
पुटिनको भ्रमणको मिति तय नभए पनि दुई नेताबीच द्विपक्षीय भेटघाट र नियमित टेलिफोन वार्ताका माध्यमबाट बारम्बार कूटनीतिक सम्पर्क कायम भने रहेको छ । प्रधानमन्त्री मोदीले अन्तिम पटक जुलाई २०२४ मा रूसको भ्रमण गरेका थिए, नयाँ पाँच वर्षे कार्याकाल सुरू भएपछि उनको यो पहिलो बिदेशको भ्रमण थियो।
यसअघि मोदी सन् २०१९ को आर्थिक सम्मेलनमा भाग लिन भ्लादिभोस्तोक गएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖