भारतले बुधबार राति ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तान र पाक अधिनस्थ कश्मीरका ९ वटा आतंकवादी शिविरमा एयर स्ट्राइक गरेको छ।
२२ अप्रिलको पहलगाम हमलामा एक नेपालीसहित २६ पर्यटक मारिएपछि भारतले बदला स्वरूप कारबाही गरेको बताइएको छ।
पाक सेनाले भारतले रातको समयमा तीन स्थानमा मिसाइल आक्रमण गरेको आरोप लगाएको छ।
