• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

पाकिस्तानले ३ घण्टामै तोड्यो युद्धविराम: जम्मुमा ड्रोन आक्रमण, ‘ब्ल्याकआउट’ लागू


  • धनकुटा खबर
  • .

भारत–पाकिस्तानबीच युद्धविराम लागू भएको तीन घण्टामै पाकिस्तानले पुनः उल्लंघन गर्दै जम्मु–कश्मीरका विभिन्न स्थानमा ड्रोन आक्रमण गरेको छ। श्रीनगरमा धमाकाको आवाज सुनिएपछि स्थानीयहरू त्रसित बनेका छन्।

शनिबार साँझ ५ बजेदेखि भारत–पाकिस्तानबीच युद्धविराम औपचारिक रूपमा लागू भएको थियो। तर, त्यसको तीन घण्टा नबित्दै राति ८ बजेबाट पाकिस्तानले जम्मु–कश्मीरको अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएसपुरा, सांबा र उधमपुर क्षेत्रमा गोलीबारी थालेको भारतीय सुरक्षास्रोतहरूले जनाएका छन्।

राजौरी क्षेत्रमा तोप र मोर्टार प्रहार गरिएको पुष्टि भएको छ भने उधमपुरमा ड्रोन आक्रमणसमेत गरिएको छ। श्रीनगरसहित धेरै क्षेत्रमा सायरन बजाइएको छ र सुरक्षा संयन्त्र कडा पारिएको छ।

जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाले पाकिस्तानको व्यवहारप्रति आक्रोश व्यक्त गर्दै प्रश्न उठाए— ‘यो कस्तो युद्धविराम हो ? श्रीनगरमा धमाकाको आवाजहरू गुञ्जिरहेका छन्।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖