• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

इरानले फेरि इजरायलमा हान्यो क्षेप्यास्त्र, तेहरानमा पनि विस्फोट


  • धनकुटा खबर
  • .

तेल अभिभ । इरानले फेरि एक पटक इजरायलतर्फ मिसाइल प्रहार गरेको इजरायली रक्षा बल (आईडएिफ)ले बताएको छ ।

यसैबिच, इरानी सरकारी मिडियाले मंगलबार बिहान तेहरानमा धेरै नयाँ विस्फोटहरू भएको पुष्टि गरेको छ । आईडीएफले आफ्नो एक्स एकाउन्टमा एक पछि अर्को पोस्ट गर्दै विस्फोटको जानकारी दिएको छ ।

पोष्टका अनुसार इरानले उत्तरी र मध्य इजरायलमा क्षेप्यास्त्र आक्रमण गरेको र त्यसपछि यी क्षेत्रहरूमा हवाई साइरन बज्न थालेको बताइएको छ । आईडीएफका अनुसार क्षेप्यास्त्र आक्रमणपछि लाखौं इजरायली नागरिकहरू सुरक्षित स्थानहरूमा आश्रय लिनु परेको थियो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार तेहरानमा धेरै विस्फोटहरू भएको र वायु रक्षा प्रणालीले भारी गोलाबारी गरेको इरानी मिडियाले खबर छापेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖