काठमाडाैँ । इजरायल र इरानबीचको तनाव चुलिँदै गएको छ। इजरायली वायुसेनाले तेहरानस्थित एक विमानस्थलमा रहेका दुई इरानी ँ(ज्ञद्ध टमक्याट्स लडाकु विमान नष्ट गरेको दाबी गरेको छ। इजरायलले ती विमानहरू उसमाथि आक्रमण गर्न प्रयोग हुन सक्ने भन्दै निशाना बनाएको हो।
तेहरानमा दुई इरानी लडाकु विमान ध्वस्त, इजरायलमाथि नयाँ क्षेप्यास्त्र हमला सुरु
इजरायल र इरानबीचको तनाव चुलिँदै गएको छ। इजरायली वायुसेनाले तेहरानस्थित एक विमानस्थलमा रहेका दुई इरानी ( एफ १४) लडाकु विमान नष्ट गरेको दाबी गरेको छ। इजरायलले ती विमानहरू उसमाथि आक्रमण गर्न प्रयोग हुन सक्ने भन्दै निशाना बनाएको हो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार इजरायली सेनाले सार्वजनिक गरेको भिडियोमा ती विमानहरूमा आगो लागेको देखिन्छ। इजरायली वायुसेनाको भनाइ अनुसार, अहिले उसले तेहरानमाथि हवाई नियन्त्रण कायम गरेको छ, जसका कारण नजिकबाट आक्रमण गर्न सक्ने स्थिति बनाएको हो।
यसैबीच, इरानी राज्य सञ्चारमाध्यमहरूले इजरायलमाथि नयाँ चरणको क्षेप्यास्त्र आक्रमण सुरु भएको जानकारी दिएका छन्। इरानबाट इजरायलतर्फ नयाँ क्षेप्यास्त्र प्रक्षेपण गरिएको बताइएको छ।
दुवै देशबिचको यो तनावपूर्ण स्थिति गहिरिँदै गएको छ र स्थिति थप जटिल बन्दै गएको सङ्केत देखिएको छ।
