• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

इजरायलको आक्रमणपछि यस्तो देखियो इरानी टीभी स्टेसन


  • धनकुटा खबर
  • .

यही जुन १३ तारिखदेखि इजरायल र इरानबीच लडाइँ जारी छ।

यस क्रममा उनीहरूले एकअर्काविरुद्ध हवाई हमला गरिरहेका छन्।

यसै क्रममा जुन १७ मा इराजयलले इरानको सरकारी प्रसारक इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङको टीभी च्यानलको भवनमा आक्रमण गरेको थियो।

हमलापछि टीभी च्यानलको प्रत्यक्ष प्रसारण केही समयका लागि अवरुद्ध भएको थियो। तर अहिले टीभी पुन: सञ्चालन भइसकेको बताइएको छ।

इरानी सञ्चारमाध्यमका अनुसार आक्रमणमा कम्तीमा एक कर्मचारी मारिए।

यसैबीच त्यस दिन इरानी टीभी स्टेसनमा इजरायलले गरेको हवाई हमलापछि भवनमा भएका क्षतिका केही तस्बिर सार्वजनिक भएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖