• Monday 5th of October 2026

ओलीलाई गाली गर्ने टिकटकर बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली,गृहमन्त्री रमेश लेखक र नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई सामाजिक सञ्जाल टिकटकमार्फत गालीगलौज गर्ने टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश गरेको छ ।

विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बुधबार दायर गरेको मुद्दामा न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बिहीबार बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको हो ।

सामाजिक सञ्जालमा प्रधानमन्त्री, गृहमन्त्री र सांसद थापाको अपमान र बेइज्जत गरी द्वेष फैलाएको आरोपमा गत असार १ गते बस्नेत पक्राउ परेकी थिइन् । उनीविरूद्ध बुधबार जिल्लामा एक लाख जरिवाना वा ५ वर्षसम्मको कैद सजाय मागदाबी गर्दै मुद्दा दायर भएको थियो ।

मुद्दा दायरपछि बिहीबार नै बस्नेतको बयान गराइ थुनछेक बहस भएको थियो ।बयानका क्रममा बस्नेतले देशको गृहमन्त्रीमाथि भिजिट भिसा प्रकरणमा सदनलगायत जनमानसमा प्रश्न उठे पनि अनुसन्धानमा सघाउन राजीनामा नदिएकाले पहिलो भिडियो बनाएको बताएकी थिइन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई दुःख दिइएको, प्रमाण छ भन्ने नेता थापाले प्रमाण पेस गर्न नसकेको हुँदा चित्त नबुझी भिडियो बनाएको उनको भनाइ थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖