• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

कोरियामा २०२६ का लागि २.९ प्रतिशतले तलब बढ्ने


  • धनकुटा खबर
  • .

काठमाडौं : दक्षिण कोरियामा सन् २०२६ का लागि तलब निर्धारण गरिएको छ। न्युनतम तलब निर्धारण समितिको १२ औं बैठकले २.९ प्रतिशत अर्थात २९० वन बढाउने निर्णय गरेको हो।

निर्णय अनुसार दक्षिण कोरियामा काम गर्ने कामदारले प्रतिघण्टा न्यूनतम तलब १० हजार ३२० वन पाउने छन्। सन् २०२६ मा श्रमिकको प्रतिमहिना न्यूनतम तलब २१ लाख ५६ हजार ८८० वन हुनेछ।

मजदुर युनियनले माग गरेको भन्दा निकै कम तलब वृद्धि भएको हो। युनियनले श्रमिकको न्युनतम तलब प्रतिघन्टा ११ हजार ५०० हुनुपर्ने माग गरेको थियो।

सरकार पक्षबाट तलब वृद्धि गर्न गरिएको प्रस्तावको विरोध गर्दै केसिटियुको प्रतिनिधि सदस्य बैठकबाट बाहिरिएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖