काठमाडौं । चर्चित गायिका रचना रिमाल हालै सामाजिक सञ्जालमा चर्चामा आएकी छन्। उनले काठमाडौंका मेयर बालेन साह ले हर्क साम्पाङलाई उद्देशेर लेखेको मजाकिया स्टाटस सेयर गर्दै आफ्नो प्रतिक्रिया दिएकी छन्।
रिमालले फेसबुकमा स्टाटस सेयर गर्दै लेखेकी छन्, “जिवनमा यतितिको माया गर्ने एकजना त चाहिन्छ।” उनको यो अभिव्यक्तिलाई प्रशंसकहरूले रोचक मानेका छन्।
रचना रिमाल भर्खरै मात्र युरोपको तीज टुर सकाएर नेपाल फर्किएकी हुन्। फर्के लगत्तै उनी दशैंको नयाँ गीत रेकर्डिङमा व्यस्त भएकी छिन्। छोटो समयमै ठूलो लोकप्रियता कमाएकी रिमाललाई नेपालमा मात्र नभई विदेशमा रहेका नेपालीहरूले पनि उत्तिकै माया गर्ने गर्छन्।
उनले सेयर गरेको बालेनको स्टाटसमा लाखौं प्रतिक्रिया आएका छन्। यसले रिमालको सामाजिक संजाल उपस्थिति र उनको चर्चालाई अझ बढाएको देखिन्छ।
