• Wednesday 21st of October 2026

हमासले बन्धक बनाएका विपिनको रिहाइको माग गर्दै उनकी आमा र बहिनी अमेरिका प्रस्थान


  • धनकुटा खबर
  • .

काठमाडौं । हमासले बन्धक बनाएका विपिन जोशीको आमा र बहिनी उनको सकुशल रिहाइका माग गर्दै अमेरिका प्रस्थान गरेका छन् ।

उनकी बहिनी पुष्पा जोशीले फेसबुकमार्फत आफूहरु दाजु विपिनको रिहाइका लागि ठूलो कदम चालेको बताउँदै यूएसए जान लागेको उल्लेख गरेकी छन् ।

यसअघि इजरायल जाँदा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदायले आफूहरुलाई सहयोग गरेको बताउँदै अहिले पनि सहयोग गर्न उनले आह्वान गरेकी छन् ।

विपिनको केही समयअघि हमासले बिदाइ तस्बिर भन्दै ४८ जना बन्धकहरुसँगै तस्बिर सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖