• Wednesday 21st of October 2026

आविष्कार केन्द्रका लागि बजेट छुट्याउँदिन, छुट्याएँ भने त्यो भ्रष्टाचार हुन्छ:मन्त्री पुन


  • धनकुटा खबर
  • .

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफू मन्त्री रहँदा राष्ट्रिय आविष्कार केन्द्रका लागि कुनै बजेट छुट्याउने छैनन् भनी स्पष्ट पारेका छन्।

उनका अनुसार, आफूले जन्माएको वा आबद्ध संस्था भएकाले मन्त्रीको रूपमा बजेट छुट्याउनु अनैतिक र भ्रष्टाचार हुने सम्भावना रहेको छ। उनले विगतमा विभिन्न मन्त्री र प्रधानमन्त्रीलाई आविष्कार केन्द्रका लागि बजेट उपलब्ध गराउन आग्रह गरे पनि आफू मन्त्री हुँदा त्यस्तो काम नहुने बताए।

पुनले भने, “यदि मैले बजेट छुट्याएँ भने यो ठूलो भ्रष्टाचार मानिनेछ र आवश्यक परे अख्तियारसमक्ष मुद्दा पनि जान सक्छ।”

मन्त्री बन्नुअघि नै आविष्कार केन्द्रको अध्यक्ष र हर्ताकर्ता रहे पनि उनले मन्त्री पद ग्रहण गर्नु अघि नै त्यहाँबाट राजीनामा दिइसकेको बताएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖