जेनजी आन्दोलनका क्रममा नेताहरूको घर ज’लाउँदा भेटिएका भनिएका नोटहरूको अनुसन्धान सम्पत्ति शुद्धीकरण विभागले सुरु गरेको छ।
विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र तत्कालीन मन्त्री दिपक खड्काको निवासमा पुगेर ज’लेका नोट र घटनास्थलको मुचुल्का उठाएको हो।
प्रचण्ड निवासमा जलेका भनिएका नोटबारे भाइरल भएका भिडियो र तस्बिर पनि फरेन्सिक ल्याबमा पठाइने भएका छन्। विभागले देउवा र खड्काको घरबाट पनि ज’लेका नोटका टुक्रा र खरानी संकलन गरेको छ।
यदि रकम जलेको पुष्टि भएमा त्यसको स्रोत र कानूनी अवस्था अनुसन्धान हुने विभागले जनाएको छ।
