• Wednesday 21st of October 2026

सेवा-सुविधा लिन्न भन्नेले कुनै समय अकुत कमाएको हुनुपर्छ :विप्लव


  • धनकुटा खबर
  • .

काठमाडौँ — सुशीला कार्की नेतृत्वको सरकारका मन्त्री रामेश्वर खनाल र कुलमान घिसिङले सरकारी सुविधा र तलब नलिने घोषणा गरेपछि विभिन्न प्रतिक्रिया आएको छ। कतिपयले यसको प्रशंसा गरे पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विप्लवले यसलाई ‘जनतालाई भ्रम छर्ने अभिव्यक्ति’ भएको आरोप लगाएका छन्।

सोमबार कपिलवस्तुमा शहीद परिवारलाई घर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भने, “म मन्त्रीहरुले तलब लिदैनन् भनेर भाषण गरेको सुनेँ। तलब नलिएर के खान्छन्? माटो खान्छन्, तेल?” उनले थपे, “यो भनेको कतैबाट कमाएको कुरा लुकाउने वा घमण्ड देखाउने अभिव्यक्ति हो, जनतालाई भ्रमित पार्ने उद्देश्यका लागि गरिएको हो।”

विप्लवले यस्ता अभिव्यक्ति दिने व्यक्तिले पहिले अकूत सम्पत्ति कमाएको हुन सक्ने र आफ्नो स्वार्थ सिद्ध गर्ने प्रवृत्ति देखिने पनि बताए। उनले नेताहरू जनताको जीवन सुधार र उत्पादनमुखी कार्यमा नजोडिएकोमा असन्तुष्टि व्यक्त गर्दै भने, “नेताहरु सजिलै पैसा खोज्न विदेशको एजेन्ट जस्ता गतिविधिमा संलग्न छन्।”

यद्यपि विप्लवले सुशीला कार्की नेतृत्वको सरकारलाई शुभकामना दिएका छन्। उनले भने, “सरकारले राम्रो काम गर्नु पर्छ, तर अरूको दोष देखाएर आफूलाई सही देखाउने तरिकामा होइन। जनताको जीवनमा परिवर्तन ल्याउने दिशा तर्फ सोच्नुपर्छ।”

सोमबार बेलुका उनले सार्वजनिक गरेको भिडियो सन्देशमा विप्लवले टिप्पणी गरे, “विद्रोह जेन–जीको तर सरकार जेन–एक्सको।” यसले उनको दृष्टिले जेनजी आन्दोलन र हालको सरकारबीचको अन्तरलाई संकेत गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖