• Wednesday 21st of October 2026

मैले भ्रष्टाचार नगर्नु नै अपराध भयो : ओली


  • धनकुटा खबर
  • .

काठमाडौं । निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टाचार नगर्नु अपराध बन्न पुगेको जिकिर गरेका छन् ।

गत २३ र २४ गते भएको जेनजी आन्दोलनपछि सत्ता छाड्न बाध्य भएका ओलीले बिहीबार प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारीसँगको छलफलका क्रममा यस्तो बताएका हुन् ।

उनले उक्त आन्दोलनपछि आफू प्रहारको निशानामा परेको पनि स्वीकार गरे । उनले आफू निशानामा रहेको पनि थाहा पाएको बताएका छन् ।

‘अहिले पनि उत्तेजनात्मक, अराजनीतिक, प्रतिशोधात्मक अभिव्यक्ति भइरहेका छन् । हाम्रो सामाजिक चरित्र, मूल्यमान्यता र व्यवहार नै यही हो त ? हैन भने यो कहाँ गइरहेको छ ? कहाँ गएर रोकिन्छ ? समाजमा शान्ति हुन पर्दैन, शान्ति हुन नपर्ने नेपाल मात्रै हो ?,’ ओलीले भने, ‘हामी नेपालीहरू देश जोगाउनु छ, देशमा सुशासन कायम गर्नुछ, देशलाई अगाडि बढाउनुछ । मलाई राम्ररी थाहा छ, म माथि प्रहारको निशाना केन्द्रित गरिएको छ । मेरो अपराध के हो त ? भ्रष्टाचार नगर्नु अपराध भयो, मैले भ्रष्टाचार गरिनँ । गर्दिनँ, गरेको छैन र गर्दिनँ पनि । यही अपराध भयो ।’

उनले देशलाई विकासको खाका तयार पारेर अघि बढेको र अशान्ति, सुव्यवस्था कायम गर्ने र हिंसा भड्काउने तत्वहरूलाई मूल धारमा ल्याएको दाबी समेत गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖