• Wednesday 21st of October 2026

ज्ञानेन्द्र शाहीको आरोप: Gen Z ‘सडकमा जित्यौं, तर राजनीतिक रूपमा हार्यौं’


  • धनकुटा खबर
  • .

राप्रपा नेता ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनपछि देशले महत्वपूर्ण अवसर गुमाएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले सडकमा आन्दोलन सफल भए पनि राजनीतिक रूपमा भ्रष्ट नेतृत्वले फेरि जितेको दाबी गरे।

प्रधानमन्त्री सुशीला कार्कीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री अहिले सम्भव नभएको घोषणा गरिसकेकाले आन्दोलनको मूल एजेन्डा असफल भएको उनले स्पष्ट पारे। शाहीका अनुसार भदौ २४ गतेकै दिन सडकबाट घोषणा गर्नुपर्ने माग वास्तविक जेनजी प्रतिनिधिहरूले नभई अन्य समूहले वार्ता गरेर सम्झौता गरेकाले देशले राजनीतिक उपलब्धि गुमायो।

“सबै कुरा हातमा थियो तर पनि गुमायौं,” शाहीले लेखे। उनले अब हुने निर्वाचन सामान्य सांसद निर्वाचन मात्र हुने उल्लेख गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको चुनाव संविधान संशोधनमार्फत मात्र सम्भव हुने बताए। उनका अनुसार यसका लागि १८४ सांसदको सहमति आवश्यक पर्ने भएकाले व्यवहारतः यो सम्भव देखिँदैन।

शाहीले भ्रष्ट नेताहरू फेरि अग्रस्थानमा पुगेको आरोप लगाउँदै नयाँ पुस्ताको राजनीतिक आकांक्षा अधुरै रहने चेतावनी पनि दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖