• Wednesday 21st of October 2026

प्रहरीलाई तत्काल बन्दोबस्तीका सामान व्यवस्था गरिनेछ : प्रधानमन्त्री कार्की


  • धनकुटा खबर
  • .

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सुरक्षा निकायका कार्यालय र आवश्यक बन्दोबस्ती सामानको व्यवस्थाका लागि सरकारले तत्कालीन काम सुरू गरिसकेको बताएकी छन् ।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सुरक्षाप्रति जनताको विश्वास पुनःस्थापना गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् ।

“सुरक्षा निकायलाई पूर्ववत अवस्थामा फर्काउन सरकारले काम थालिसकेको छ,” प्रधानमन्त्री कार्कीले भनिन्, “बन्दोबस्तीका सामान छिट्टै उपलब्ध गराउन सरकार जुटिसकेको छ ।”

उनका अनुसार स्थानीय सरकार र नागरिक समाज पनि सुरक्षा निकायका कार्यालय निर्माणमा सक्रिय रूपमा सहभागी भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖