• Wednesday 21st of October 2026

नरसंहार र भ्रष्टाचारमा संलग्न भन्दै ओलीसहितका नेताको राहदानी रोक्का गर्ने ‘बोल्ड’ निर्णय


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले पूराना दलका केही ठूला नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ । युवा पुस्ता (जेन–जी) आन्दोलनको दमनमा संलग्न र भ्रष्टाचार एवं सम्पत्ति शुद्धीकरणको अनुसन्धानको दायरामा परेकाहरूमाथि कारवाही सुरु गर्ने ‘बोल्ड’ निर्णय गरेको हो ।

जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको नागरिक सरकारले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत दलका केही शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अघि बढाएको हो ।

‘जेन–जी आन्दोलनमा भएको नरसंहारमा संलग्न कार्यकारी नेतृत्व लगायतलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने दबाब बढ्दै गएपछि राहदानी रोक्का गरेर उनीहरुमाथि कारवाहीको सुरुवात गरिएको हो । अरु कारवाही क्रमसः अघि बढ्ने जनाइएको छ ।

राहदानी रोक्का गरिने नेताहरुमा निवर्तमान प्रधानमन्त्री केपी ओली, निवर्तमान गृहमन्त्री रमेश लेखक, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उनकी श्रीमती आरजु राणासहित थुप्रै रहेको स्रोतको भनाई छ । अरु नेता र पदाधिकारीको नाम भने खुलाइएको छैन ।

आजै, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि विभिन्न आरोपमा नेताहरुलाई पक्राउको तयारी गरिएको बताएका थिए । भ्रष्टाचार, राजनीतिक बेथिति, सामाजिक सञ्जाल बन्दविरुद्ध उत्रिएका युवाहरुले सत्तापलट गरेपछि अहिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार बनेको छ । कार्कीले आजै राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी समेत गरेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖