• Wednesday 21st of October 2026

माओवादी केन्द्रीय समिति बैठक : आज टोली नेताहरूले धारणा राख्ने


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ ।

बिहीबारबाट सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष प्रचण्डले पार्टी पुनर्गठन र नयाँ नेतृत्वबारे मङ्सिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका थिए ।

पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्माले आफ्नो धारणा राखिसकेका छन् । उनीहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमा असहमति जनाएका थिए ।

विभिन्न १० वटा समूह बनाएर बिहीबारबाटै छलफल जारी रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ । आज टोली नेताहरूले धारणा राख्नेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖